गुर्भाकोटमा प्रहरीद्वारा अवैध घरेलु मदिरा नष्ट अभियान

हुमबहादुर कार्की, माघ १७ -गुर्भाकोट नगरपालिका वडा नम्बर २ स्थित मालारानी प्रहरी चौकीले अबैध घरेलु मदिरा नष्ट अभियान सुरु गरेको छ । मालारानी प्रहरी चौकिका असई नरबहादुर शाहीको टोलीले मंगलबार गुर्भाकोट २ स्थित ढाब, दाप्चे, वर्दी, गैराबारी, बाखखोर लगायतका क्षेत्रमा मदिरा नष्ट अभियान सूरु गरेको हो ।

अभियानको पहिलो दिन कच्चा पदार्थ र घरेलु मदिरा करिब दुई सय लिटर बढी बरामद गरेको घरेलु मदिरा नष्ट गरेको छ । मदिरा बनाउदा बिभिन्न वस्तुहरू मिसाएको र नेपालमा घरेलु मदिरा बनाउन कानुन मान्यता प्राप्त नभएकोले नष्ट गरिएको मालारानी प्रहरी चौकी ईन्चार्ज शाहीले भन्नुभयो । स्थानीयहरुले प्रयोग गर्दा स्वास्थ्य खराबीसंगै गाउँघरमा होहल्ला भै विभिन्न सामाजिक बिकृती फैलिएको असई शाहीको भनाइ छ ।

सो अभियान अवैध रूपमा स्वास्थ्यलाई हानिकारक मदिरा बनाइरहेको सूचनाको आधारमा छापा मारेको प्रहरीको भनाई छ । बैध घरेलु मदिरा नष्ट अभियानमा निरन्तर लाग्ने प्रहरीको दाबी रहेको छ । प्रहरीले अवैध मदिरा नष्ट अभियान गर्दा स्थानीय तहमा घरेलु हिँसा र सामाजिक विकृती अन्त्य हुने विश्वास गरिएको छ ।