भक्तपुर महानगरका जनप्रतिनिधीलाई भेरीगंगामा स्वागत

भेरीगंगा, माघ १६ -भक्तपुर महानगरपालिकाको जनप्रतिधि र कर्मचारीको प्रतिनिधी टोलीले भेरीगंगा नगरपालिकाका जनप्रतिनिधीसंग साक्षात्कार भेटघाट भएको छ ।
भक्तपुर महानगरपालिकाका नगरप्रमुख सुनिल प्रजापति सहितको जनप्रतिनिधी, कर्मचारीले टोलीले आज विहान नगरपालिकामा भेटघाट गरेको हो । भत्तपुरको जनप्रतिनिधी र कर्मचारीका प्रतिनिधीलाई भेरीगंगा नगरपालिकाका नगरप्रमुख यज्ञप्रसाद ढकालले स्वागत गर्नुभएको थियो ।
दुबै नगरपालिका बिच बस्तुगत अवस्था, सम्भावना र चुनौतीका साथै आगामी कार्ययोजना बिषयहरुमा आदानप्रदान भएको भेरीगंगाका नगरप्रमुख ढकालले बताउनुभयो ।