सुर्खेत लिटिल फ्लावर एकेडेमीले बार्षिक उत्सव र अभिभावक दिवस मनायो

सृजना बारघरे, माघ १५ -भेरीगंगा नगरपालिका वडा नम्बर ९ जहरेस्थित सुर्खेत लिटिल फ्लावर एकेडेमीले चौधौं बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । आईतबार एक कार्यक्रमका बिच विद्यालयले बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो । दिउँसो १२ बजेबाट सुरु गरिएको कार्यक्रम करिब ५ बजे सम्पन्न भएको थियो ।

भेरीगंगा नगर प्रमुख यज्ञप्रसाद ढकालको प्रमुख आतिथ्यतामा संचालित दिवसहितको कार्यक्रममा भेरीगंगा नगर उपप्रमुख धनसरा बोहरा, सामाजिक विकास संयोजक लालसिंह वुढा, वडा नम्बर ९ का वडाअध्यक्ष प्रेमबहादुर आग्री, ८ का वडाअध्यक्ष पुसे कामी, ७ का वडाअध्यक्ष कर्णबहादुर मिजारको सहभागीता थियो । कार्यक्रममा नर्सरी कक्षादेखि दश कक्षा सम्मका विद्यार्थीहरुको नृत्य प्रस्तुत गरे । विद्यालयको विकासमा योगदान पुर्याउने दुई जना व्यक्तित्वहरुलाई सम्मान तथा अभिनन्दन गरियो ।

कार्यक्रममा शुभकामना मनत्ब्य राख्दै भेरीगंगा नगरपालिकाका प्रमुख ढकालले आफ्नो कार्यकाल नगरपालिकाले गर्नुपर्ने सम्पुर्ण सहयोग गर्न आफू तयार रहेको बताउनुभएको थियो । उहाले बोर्डिङ स्कुल निजि स्कुल नभएर सामुदायिक विधालय रहेको र सरकारले सरकारी बिद्यालय मात्र विभिन्न बजेट आउने र बोर्डिङ स्कुललाइ अहिलेसम्म सरकारले केही गर्न नसकेको र अझ आउने दिनमा बोर्डिङ स्कुलको लागि पनि नगरबाट लागि पर्ने बताउनु भएको थियो । कार्यक्रममा बोल्दै लिटिल फ्लावरका प्रिन्सिपल कृष्णप्रसाद शर्माले आफुले आफना विद्यार्थीहरुलाइ सम्पुर्ण आवश्यक क्रियाकलापमा सहभागी गराउने र आउदा दिनमा विद्यार्थीको उज्वल भबिस्यको लागि आफुले सक्दो प्रयास गर्ने बताउनु भएको थियो ।

कार्यक्रममा उत्कृष्ट शिक्षकलाई समान स्वरुप प्रमाणपत्र बितण गरिएको थियो । कार्यक्रम नृत्यसहित नाटक समेत प्रसुत गरिएको थियो । नाटकले आफनो मन एकदमै मन पराएर लालीगुरास सामुदायिक विद्यालयका शिक्षक चन्द झिम्यालले एक हजार रकम बिद्यालयलाई सहयोग गर्नु भएको थियो । २० जना शिक्षक, ३५० विद्यार्थी र करिब ४ सय अभिभावक रुको कार्यक्रममा उपस्थित रहेको थियो । बिपि देवकोटाको सभाअध्यक्ष कार्यक्रम समपन्न भएको हो ।