हुमबहादुर कार्की – माघ १४- कर्णाली प्रदेश कृषि क्षेत्र विकास कार्यक्रमको सहयोगमा संचालित मालारानी कृषि तथा पशुपंछी पालन समूह भुल्के उपसमूह, सानोपिप्ले ताजा तरकारी उत्पादन समूह, जनमुखी दुग्ध उत्पादन कृषक समूह र लोककल्याणकारी कृषि तथा भैंसी पालन समुहको आयोजनामा वित्तिय व्यवसायिक शिक्षा तथा पोषिलो खाद्यवस्तु प्रदशर्नी सम्पन्न भएको छ । गुर्भाकोट नगरपालिका वडा नम्बर २ मा बित्तीय शिक्षा व्यावसायिक संरक्षण कक्षा तथा पोषण खाद्य बस्तु प्रदसनी कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रम गुर्भाकोट २ का वडाअध्यक्ष नोखबहादुर वलिको प्रमुख अतिथ्यमा र सानो पिप्ले तरकारी ताजा उत्पादन समुहका अध्यक्ष रमेशकुमार ढकालको सभाअध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमको उदेश्य बारे बोल्दै बिशिस्ट अतिथी एएसडिपीका ग्रामीण बित्त अधिकृत यामलाल खत्रीले यस बित्तीय व्यावसायिक शिक्षा कार्यक्रमले दिगो लक्ष्य प्राप्ती शून्य भोकमारी गरिबी न्यूनीकरण गर्दै बित्तीय शिक्षा व्यावसायिक साक्षरता स्थानीय स्तर मै भएको स्रोत र साधनको परिचालन पोषण खाद्य बस्तु बित्तीय कारोबारको बारेमा जानकारी दिनु भयो । कार्यक्रममा एएसडिपीका पोषण अधिकृत रुद्रप्रसाद आचार्यले कार्यक्रमको बारे तथा खाद्य बस्तु पर्दशनीको नतिजा प्रकाशन गर्दै शारीरिक बिकास र मानशिक बिकासका लागि खानाको मात्रा लाई मिलाइ स्वास्थ्यका लागि स्वास्थ्य भएर बाच्न आबश्यक सन्तुलित खानामा चाहिने कार्बोहाइड्रेड प्रोटिन चिल्लो पदार्थ भिटामिनसंगै खनिज पदार्थको अतिआबस्यक रहेको बताउनु भयो । नेपालमा खानाको असन्तुलितका कारण कुपोषणको अधिक्तम सङख्या रहेको हुदा स्वास्थ्यका लागि खानामा विशेष जोड दिन आग्रह गर्दै यस सस्थाले व्यावसायिक शिक्षा बित्तीय शिक्षा पोषिलो खाद्य बस्तुसंगै प्रत्येक कार्यक्रममा महिना ो शनिबार बर्ष मा ४० दिन सहजकर्ता तथा प्राबिधिक मार्फत प्रशिक्षण दिदै आएको समेत बताउनु भएको छ ।


कार्यक्रममा पाँच समुहहरुको पोषण खाद्य बस्तु प्रदशनीमा मुल्यांकनमा रहुनु भएका एएसडिपीका अधिकृत रुद्रप्रसाद आचार्य यामलाल खत्री र मालारानी स्वास्थ्य चौकीका गिता ढकालका नतिजा अनुसार जनमुखि दुग्ध उत्पादन कृषक समूह प्रथम मालारानी कृषक तथा पशुपालन समूह र भुल्के उपसमुह दित्तीय, सानो पिप्लेर लोककल्याणकारी समूह तृतीय भएको छ । यसैगरी उक्त समुहका लागि पुरस्कारको पनि ब्यबस्था रहेको थियो । कार्यक्रममा कृषि प्राबिधिक पबिता बिष्टसंगै पाँच समुहका पदाधिकारी स्थानीय समाजसेवी लगायात सरोकारवालाहरुको उपस्थिति रहेको थियो । पोषण खाद्य बस्तु पर्दशनी परिकार ५२ प्रकारको रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य नन्दलाल भुसालले गर्नु भएको थियो भने कार्यक्रम संचालन सहजकर्ता भिमा पौडेलले गर्नु भएको थियो । कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका लगायत सहजकर्ताहरुको अहम भुमिका रहेको थियो । कार्यक्रम माबि कोटखोलाको प्राङ्गणमा भएको थियो ।