हुमबहादुर कार्की, माघ १४- गुर्भाकोट नगरपालिका वडा नम्बर ४ को मिलनचोक–खारखोली स्वास्थ्य चौकी जोड्ने सडक निर्माण सम्पन्न भएको छ । २७ लाख बढी लगानीको उक्त सडकको ग्राभेल र पुल निर्माण सम्पन्न भएको हो । सडक बिकास बोर्डको २५ लाख र गुर्भाकोट नगरपालिकाको २ लाख गरि २७ लाख बजेटमा उक्त सडक निर्माण भएको हो ।

गुर्भाकोट वडा नम्बर ४ को मिलनचोक–खारखोली हुँदै डुड–स्वास्थ्य चौकी–गोछेखोला–मिलको कुलो हुँदै पोखरिपाटा चोक रातामाटा मन्दिर जोड्ने सडक खण्ड निर्माण सम्पन्न भएको हो । उक्त सडकमा ग्राभेल र रातामाटामा दुई वटा पुलको काम सम्पन्न भएको वडा नम्बर ४ का वडाअध्यक्ष रामबहादुर डाङ्गीले बताउनुभयो । सडक र पुलको काम सम्पनन पश्चात् अनुगमन गरिएको छ । सुर्खेत क्षेत्र नम्बर १ क का कर्णाली प्रदेश माननीय खड्गप्रसाद पोखरेल, नगर प्रमुख हस्त पुन र वडाअध्यक्ष रामबहादुर डाङ्गीको नेतृत्वमा अनुगमन भएको हो ।

मिलनचोक–खारखोलीस्वास्थ्य चौकी सडक निर्माण सम्पन्न भएसंगै नगरका वडा नम्बर ४, ९, ५ र ७ नम्बरका वडाबासी लाभान्वित भएको नगर प्रमुख हस्त पुनले बताउनुभयो । यो सडक वडा नम्बर १,३, ४, ५ र ७ का लागि नगरपालिका रहेको मेहेलकुना बजार आउन छोटो सडक खण्ड मानिन्छ ।