कुमार विक, माघ १४- भेरीगंगा नगरपालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता माघ २६ गतेबाट सूरु हुने भएको छ । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता छनौटका खेलहरु माघ २६ र २७ गते हुने भएको होे ।

माघ २६ गतेबाट श्री नेरा मावि लोदेमा छनोट खेलहरु सञ्चालन गर्ने निर्णय भएको भेरीगंगा नगरपालिका शिक्षा शाखा प्रमुख गजेन्द्र जिसीले बताउनुभयो । नगरस्तरीय प्रअहरुको बैठकले २०७९ को भेरीगंगा नगरपालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता नेरा मावि मैनतडामा गर्ने निर्णय गरेको हो ।

शिक्षा शाखाको समन्वयमा नगरका विद्यालयहरुको सहभागीतामा खेलहरु संचालन हुने भएका हुन् ।