सामुदायिक वन उपभोक्ता गुर्भाकोटमा नरबहादुर खत्री

गुर्भाकोट, माघ १२ -गुर्भाकोट सामुदायिक वन उपभोक्त समितिको साधारण सभा सम्पन्न भएको छ । बिहिबार सम्पन्न सामुदायिक वन उपभोक्ता समितिले नरबहादुर खत्रीलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ ।
समिति उपाध्यक्षमा खिम पौडेल, सचिवमा लाल बहादुर घर्ती, कोषाध्यक्षमा पुर्ण खाण, सहसचिवमा टीका विष्टलाई निर्वाचित गरेको हो । गुर्भाकोट नगरभित्र रहेका सामुदायिक वनहरुको भेलाले सामुदायिक वन उपभोक्त समिति नगरकार्यसमिति गठन गरेको हो । समितिले नगरभित्र रहेका सामुदायिक वनको साँझा संगठनको रुपमा काम गर्ने बताएको छ ।