भेरीगंगा, माघ १२ भेरीगंगा नगरपालिकाले नगरभित्रका सडकहरुमा सडक अतिक्रमा गरि बनाएका घरसंरचना, व्यापारीक सामग्री र निर्माण सामग्री नहटाए एक सातापछि डोजर प्रयोग गर्ने भएको छ । नगरपालिकाले एक हप्ते सूचना जारी गर्दै माघ १६ गतेसम्म सडक अतिक्रमढा गरि राखिएका कुनै पनि किसिमको निर्माण सामग्री, मालसामान नहटाए डोजर प्रयोग गर्ने उल्लेख गरेको हो ।


देशका विभिन्न पालिकाले नगरभित्र अतिक्रमण भएको भन्दै संरचना हटाउन डोजर चलाईरहेको बेला भेरीगंगा नगरपालिकाले पनि डोजर चलाउने तयारी गरेको हो । नगर प्रमुख ढकालद्धारा हस्ताक्षरित विज्ञप्ती जारी गर्दै नगरपालिकाले सात दिनभित्र त्यस्ता संचचना नहटाए कारवाही गरिने उल्लेख गरिएको छ । नगरपालिकाले अनुगमनका क्रममा नियमानुसार नगरेको पाएमा कारवाही पनि डोजर समेत चलाउन सकिने जानकारी दिएको छ । पहिलो चरणमा नगरपालिका अन्र्गत रत्न राजमार्ग तथा ईलाका प्रहरी कार्यालय छिन्चुदेखि छिन्चु खोलासम्मको सडकमा राखिएका कुनै पनि निमार्ण सामाग्री तथा लामो समयसम्म पार्किङ्ग गरी राखिएका सवारी साधनहरु ७ दिन भित्र हटाउन निर्देशन दिएको छ ।


नगरपालिकाले एक सूचना निकालेर सडक क्षेत्रमा राखिएका निर्माण सामग्री, विभिन्न सवारी साधनका कारण दुर्घटनाको जाखिम, पैदलयात्रुलाई असुविधा, शहरी सौन्दर्यमा असर भएको भन्दै तत्काल हटाउन सूचना जारी गरेको हो । भेरीगंगा नगरपालिकाका राजर्मामा २०२९ सालको सर्भे नापी बमोजिम सडक छुट्याई चिन्ह लगाउनुका साथै अतिक्रमण गरेर निर्माण गरिएका घर टहरा तत्काल हटाउन व्यापारी तथा सरोकार निकायको माग रहेको छ ।