जटिल रोगका बिरामीलाई मासिक भत्ता प्रभावकारी बनाउँदै भेरीगंगा

भेरीगंगा, माघ ११ -भेरीगंगा नगरपालिकाको मेयरका रुपमा निर्वाचित भएलगत्तै नगरभित्रका जटिल र दीर्घ रोगीलाई मासिक भत्ता उपलब्ध गराउने घोषणा गर्नुभएको नगर प्रमुख यज्ञप्रसाद ढकालले मासिक भत्ता वितरणलाई प्रभावकारी बनाउन सुरु गर्नुभएको छ । अझै पनि नगरभित्रका सबै दिर्घ र जटिल प्रकृतिका बिरामी मासिक भत्ताको पहूँचमा आउन नसकेको भन्दै नगरपालिकाले पुःन सूचना जारी गर्दै भत्ता पहूँचमा आउन अनुरोध गरेको छ ।
नगरका जटिल प्रकृतिका रोगीहरु मुटु रोग, मृगौला रोग, क्यासर रोग, पार्किन्सस, अल्जाईमसै, हेड ईन्जुरी, स्पाईनल ईन्जुरी, सिकलसेल एनिमिया, प्यारालाईसिसका बिरामीका लागि नगरकार्यपालिकाबाट मासिक दुई हजार भत्ता वितरण गर्ने निर्णय भएको थियो । नगर प्रमुख ढकालको पहलमा नगरपालिकामा जटिल रोग र प्यारालाईसिसबाट पूर्णअशक्त भएका बिरामीहरुलाई उपचार खर्च सम्बनिध कार्यविधि, २०७९ जारी भई चालू आर्थिक बर्षको साउनबाट भत्ता वितरण सूरु भएको थियो । मासिक भत्ता व्यवस्था गरेपनि अझै जलिट प्रकृतिका बिरामी सेवाबाट वञ्चित भएकोले माघ ९ गते पुन सूचना जारी गरिएको नगर प्रमुख ढकालले बताउनुभयो । जटिल रोगबाट पिडित नगरबासीले चिकित्सको सिफारिस, वडा कार्यालयको सिफारिस, नागरिकताको प्रमाणपत्र तथा अन्य बिरामी प्रमाणित हुने कागजातसहित नगरपालिकामा सम्पर्क गरे मासिक दुई हजार नगद दिने व्यवस्था भएको नगर प्रमुख ढकालले भन्नुभो । नगरपालिकाले जटिल रोग र प्यारालाईसिस भएका बिरामीलाई मासिक दुई हजार रुपैयाँ उपलब्ध गराउने निर्णय र कार्यविधि पास गरेको छ । नगरपालिकाको पहिलो वैठकले नगरसभाबाट पारित गरी नगरपालिकामा भएका ९ वटा रोगका बिरामीहरुलाई औषधी उपचारका लागि मासिक दुई हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरिसकेको छ ।
जटिल प्रकारका नौ रोग भएका बिरामीहरुलाई नगरपालिकाको आन्तरीक स्रोतबाट उक्त रकम उपलब्ध गराईने छ । नगरपालिकाले स्वास्थ्य सम्बन्धीको लागि करीब ३० लाख बजेट छुट्याएको छ । नगरपालिकाले जटिल रोग र प्यारालाइसिसबाट पुर्णअशक्त भएका बिरामीहरुलाई उपचार खर्च सम्बन्धी कार्यविधि २०७९ अनुसार मुटु रोग, मिर्गौला रोग, क्यान्सर रोग, पार्किन्सस, अल्जाइमर्स, हेड ईन्जुरी, स्पाईनल ईन्जुरी, सिकलसेल, एनिमिया, प्यारालाइसिस लगायत यी ९ वटा रोग भएका बिरामीहरुलाई मासिक दुई हजार रकम उपलब्ध गराउने छ । बिरामीलाई हुन जाने आर्थिक भार कम गर्न औषधी उपचार वापत मासिक दुई हजार खर्च उपलब्ध गराईने छ ।