हुमबहादुर कार्की, माघ ९ – गुर्भाकोट नगरपालिका वडा न. २ मा संचालित हरियाली कृषि बजार सहकारी सस्था लिमिटेडको आइतबार १३ औ साधारणसभा सम्पन्न भएको छ । नयाँ भबनको सभामामा उद्घाटन गर्दै प्रमुख अतिथि वडा न. २ का अध्यक्ष नोखबहादुर वलिले कृषि सहकारीसंगै गुर्भाकोटमा उत्कृष्ट कार्य गर्दै आएको यस सस्थामा आबद्द सेयर सदस्य कन्जुस्याइँ नगरी सो सस्थामा आवद्ध निरणतर हुनका लागि आग्रह गर्नु भयो।


उहाँले यस सस्थाले सस्थाप्रती भन्दापनि किसान अनुदानमा विशेष जोड दिएको भन्दै नीति बिधान अनुसार अघि बढेको हुदा ढुक्क भएर सदस्यता बन्न आग्रह गर्नु भएको छ । साथै वडा र स्थानीय सरकारबाट कृषि क्षेत्रमा सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ । यसैगरि बिशिस्ट अतिथि गुर्भाकोट १ का वडा अध्यक्ष रामबहादुर शाहिले सफलताको सुभकामना व्यक्त गर्दै यस सस्थाले कृषकका लागि विभिन्न अनुदान लिदै गर्दा उपयुक्त किसानलाई राहत तथा अनुदान बितरण गर्न आग्रह गरेका छन् । यस सस्थाले कृषकका लागि व्यावसायिकमुखी कार्यमा सहयोग गर्ने समेत बताए । सभाका अध्यक्ष मोतिप्रसाद चपाइले सहकारीले गत साल र आगामी बर्षमा गर्ने, गरेका कार्य तथा नीति प्रतिबेदन प्रस्तुत गर्दै सहकारीमय बनाउन संचालक समितीसंगै सेयर सदस्यहरुको पनि उत्तिकै जिम्मेवार रहेको बताए । कार्यक्रममा सस्थाका सचीव नन्दलाल भुसालले आ.ब. २०७९÷८० मा ३९४ जना सदस्य संख्या बढेसंगै यस बर्ष कुल कारोबार ३ करोड ३२ लाख ६ हजार ७ सय ३० रुपैयाँमा ५ लाख ३४ हजार ४ सय ६४ सेयर पुजी बाट निछेप बचत ४६ लाख ५३ हजार ६ सय ६१ रहेको प्रस्तुत गर्दै नियमित सहकारी संचालन देखि अनुदानका कार्यक्रम देखि दुग्ध संकलनमा अघि बढेको बताए । साथै सस्थाका कोषाध्यक्ष श्यामबहादुर पचभैयाले आ.ब. २०७९÷८० को आर्थिक डेबिट तथा क्रेडिट विबरण प्रस्तुत गरेका थिए । आगामी बर्षमा सस्थाले सुधारियको भकारो रासायनिक मल बेमौसमी मकै बिस्तार धान पाकेट सन्चालन आलु साग मुला रायो बीउबिजन सिचाइ कुलो भैंसी अनुदान बितरण कृषि औजार सामाग्री उपलब्ध देखि कृषि तालिम लगायत विभिन्न कार्यक्रममा अनुदान तथा निशुल्क उपलब्ध गर्दै आएको सस्थाका प्रमुख ब्यबस्थापक खगेन्द्र भण्डारी बताउछन् । साधारणसभामा स्वागत मन्तव्य सस्थाकी उपाध्यक्ष कमला कडेलले गर्नु भएको थियो भने अतिथि सस्थाका सल्लाहकार खिमानन्द ढकाल, कार्यपालिका सदस्य राधा ढकाल, जिल्ला सहकारी प्रतिनिधि गोबिन्द प्रसाद ढकालले सहकारी उपलब्धि लगायतका मन्तव्य राखेका थिए ।

सस्थाको नीति बिधान अनुसार कारोबार गर्ने असल ऋण, उत्कृष्ट बचत नियमित नाप अनुसारको दूध सदुपयोग रिणि उत्कृष्ट सेयर लाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमको सुरुवातमा सस्थाका सस्थापक अध्यक्ष तथा जग्गा दाताको फत्तराम कडेलको मृत आत्माको चिर शान्तिको कामानाका साथ एक मिनेट मौन धारण गरि कार्यक्रम उद्घाटन गरिएको थियो । मृतक सेयर सदस्य एक जनालाई घर परिवारलाई सहयोग गरिएको थियो । साधारणसभा सस्थाको नयाँ भबनमा भएको थियो भने उक्त कार्यक्रमको सन्चालन सस्थाका सचिव नन्दलाल भुषालले गरेका थिए ।