भेरीगंगा, माघ ७ – नेपाल शिक्षक संघ नगर कार्य समिति भेरीगंगा नगरपालिका सुर्खेतको चौथो नगर प्रतिनिधि सभा सम्पन्न भएको छ । शनिबार नेपाल शिक्षक संघ संघिय कार्य समिति सदस्य आदरणीय यामबहादुर श्रेष्ठको प्रमुख आथित्यतामा तथा नेपाली कांग्रेस जिल्ला कार्य समिति सुर्खेत सभापति तथा कर्णाली प्रदेश सभा सदस्य माननीय खडकबहादुर पोखरेलको बिशेष आथित्यतामा सम्पन्न भएको हो ।


उक्त नगर प्रतिनिधि सभामा नेपाल शिक्षक संघ कर्णाली प्रदेश महासचिव आदरणीय मक्कबहादुर बुढाक्षेत्रि, उपमहासचिव गोकुल पाण्डे, नेपाल शिक्षक संघ सुर्खेत का.वा.अध्यक्ष अम्बिका चपाइ, निवर्तमान जिल्ला अध्यक्ष आदरणीय गोबिन्दराज गिरि, नेपाली कांग्रेस सुर्खेत क्षेत्र न १ सभापति आदरणीय झकबहादुर डाङ्गी, नेपाली कांग्रेस भेरीगङ्गा नगर सभापति आदरणीय रामबहादुर सिंह, नेपाल शिक्षक संघ सुर्खेत पुर्व जिल्ला अध्यक्ष आदरणीय दोर्णराज पाठक, ज्ञानपुन्ज शैक्षिक सहकारी अध्यक्ष आदरणीय बालाराम अधिकारी, नेपाल शिक्षक संघ सुर्खेत उपाध्यक्ष खडगबहादुर चन्द, नेपाल शिक्षक संघ सुर्खेत सचिव आदरणीय टिकाराम सुवेदी, नेपाल शिक्षक संघ सुर्खेत पुर्वसचिव आदरणीय सुरेन्द्रबहादुर रावत, नेपाल शिक्षक महासंघ सुर्खेत निवर्तमान उपाध्यक्ष आदरणीय सरस्वती बस्नेत, नेपाल शिक्षक संघ बिरेन्द्रनगर निवर्तमान अध्यक्ष आदरणीय खगिसरा शाही, नेपाल शिक्षक संघ भेरीगङ्गा निवर्तमान अध्यक्ष भुपेन्द्रबहादुर सिंह, नेपाल शिक्षक महासंघ भेरीगङ्गा अध्यक्ष भक्तबहादुर रावत र नेपाल शिक्षक महासंघ बिरेन्द्रनगर निवर्तमान अध्यक्ष गणेश पौडेलले शुभकामना मन्तब्य राख्नुभएको थियो । नेपाल शिक्षक संघ नगर कार्य समिति भेरिगङ्गा अध्यक्ष कुलबहादुर वलीको अध्यक्षतामा भएको उक्त प्रतिनिधि सभामा नगर कार्य समितिको सागंठनिक प्रतिवेदन तथा आगामी कार्ययोजना अध्यक्ष कुलबहादुर वलीले प्रस्तुत गर्नुभएको थियो भने सोही अवसरमा भर्खरै सम्पन्न प्रदेश सभा निर्वाचनबाट सुर्खेत क्षेत्र न.१ क प्रदेशबाट कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित माननीय खडकबहादुर पोखरेललाई सम्मान गरिनुका साथै नगर कार्य समितिको उपाध्यक्ष इन्द्राकुमारी बि.क.र सचिव मानबहादुर डाङ्गीलाई एक वर्ष जिम्मेवारी पुरा गरि शिक्षण सेवा गर्ने क्रममा अन्यत्र गएकोले उहाँहरुको योगदानको उच्च मुल्यांकन गर्दै सम्मान गरिएको थियो ।


सभामा उत्कृष्ट वडा संयोजकको रूपमा भेरिगंगा–७ का वडा संयोजक हरिबहादुर खत्रीलाई सम्मान गरिएको नगर प्रतिनिधि सभाको संचालन सचिव हिरा चालिसेले गर्नुभएको थियोे भने स्वागत मन्तव्य उपाध्यक्ष निमराज कार्कीले राख्नुभएको थियो ।