हुमबहादुर कार्की, माघ ३- गुर्भाकोट नगरपालिका वडा न.१ मालारानी राम्रीकाडा निवासी सुनिता कार्कि डेढ सातादेखि डेढ बर्षे छोरा छाडेर छाडेर बेपत्ता भएकी छिन् । गत पौष २१ गतेका दिन उपचारका लागि नेपालगन्ज हिडेकी बेपत्ता कार्की सम्पर्क बिहिन भएको परिवार श्रोतले जानकारी दिएको छ ।


नेपालगन्ज हस्पिटलमा आफन्तजन सङ्ग गएर उपचार गरि पौष २५ गते घर फर्के भनेर भन्दै फोनमा कुरा गरेको र सोही दिनदेखि फोन स्वीच अफ भएको र लगतै पर्सिपल्ट इलाका प्रहरी कार्यलय कोहलपुरमा बेपत्ता भएको निबेदन दिई खोजी कार्य अघि बढाइएको श्रीमान देब बहादुर कार्कीले बताएका छन् । इलाका प्रहरी कार्यलय कोहलपुरले निबेदन दर्ता भएसङ्गै खोजी कार्य अघि बढेको बताएको छ । हराएकी सुनिता कार्की गएको भदौ महिनामा रोजगारि का लागि बिदेश गएको र एक महिना पछि बिरामी भै घर फर्किएकि हुन् ।


उनको उमेर हाल ३७ बर्ष र ३ छोरी १ छोरा रहेका छन् । कलिला छोराछोरी आमा बिहिन हुदा बालबालिकाको बेजोक भएको स्थानीयहरुले बताएका सङ्गै भेटाउनु हुने महानुभावले नजिकैको प्रहरी चौकी अथवा मोबाइल न. ९८६४८७८६३९ मा सम्पर्क गरि सहयोग गर्न आग्रह समेत गरेका छन् ।