हुमबहादुर कार्की, माघ ६- गुर्भाकोट नगरपालिका वडा न. २ मालारानी निवासी अग्रज समाजसेवी फत्तराम कडेलको ५७ बर्षको उमेरमा माघ ५ गते साझ आफ्नै निवास बोटेचौरमा निधन भएको हो । ५७ बर्षिया कडेलको मृत्युले परिवार आफन्त इष्टमित्र लगायत विभिन्न सस्थाहरुले सामाजिक सेवा क्षेत्रको एक स्तम्भ गुमाएको दुख व्यक्त गरेका छन । माघ ६ गते शुक्रबार बिहानै उनको पार्थिक शरीरलाई बोटेचौर नजिकै भेरी नदिको घाटमा हिन्दु परम्परा अनुसार अन्त्यष्टी गरिएको थियो ।


दम र निमोनियासङ्गै अन्य स्वास्थ्यका कारण निधन भएको परिवार श्रोताले जानकारी दिएको थियो । त्यसअघि भेरी किनारमा उहाँ का परिवारजन आफन्तलगायत शुभचिन्तकहरुको उपस्थितिमा नेपाली काङ्ग्रेसको झण्डा र पुष्प गुच्छा अर्पण गरि अन्तिम बिदाइ गर्दै समस्त भाइबन्धुहरु आफन्त र शुभेच्छुकहरुको उपस्थित सबैको तर्फबाट मृत आत्माको स्वर्गमा बास मिलोस भनी कामना सहित परिवारप्रती गहिरो समबेदना प्रकट गरि एक मिनेट मौन धारण गरिएको थियो । उहाँले बि.स. २०६७ सालमा हरियो कृषि बजार सहकारी सस्था लि गुर्भाकोट २ मालारानी सुर्खेतको सस्थापक अध्यक्ष सङ्गै सो सस्थालाई ८ आना जग्गा दान गर्नुभएको थियो । यसैगरी जनज्ञान भण्डार माबि कोटखोला गुर्भाकोट २ सुर्खेतको बिध्यालय ब्यबस्थापन समितिको अध्यक्ष दुइ कार्यकाल भई शैक्षिक तथा भौतिक निर्माण बिकासमा ठूलो टेवा पुर्याउदै साबिक मालारानी नेपाली काङ्ग्रेस गाउँ कार्यसमितीको सभापति कार्यकालमा राजनीति सङ्गै अतुलनीय कार्य गर्दै सुर्खेत क्षेत्र न.१ अन्तरगत नेपाली काङ्ग्रेस चुनाब प्रचारप्रसार समितीको संयोजक बनी राजनीति क्षेत्रमा सहजता सङ्गै अहम भुमिका निर्बाह गर्नु भएको थियो ।


निरन्तर विभिन्न सस्था लगायत समुदायमा भएका असक्त्त गरिबी आर्थिक कम्जोर अबस्था भएका आबस्यक्ता अनुसार जो कोहिलाई पनि थुप्रै सहयोग गर्दै आएको उहाँका जिबन्तकालसम्मका उदारणीय कार्यहरु छन् । उहाँका जेठा छोरा युबराज कडेल र कान्छा छोरा भानु कडेल दुई छोरा व्यापारी रहेका छन् । स्वर्गीय कडेलका श्रीमती सङ्गै दुई छोरा दुई बुहारी दुई नाति र एक नातिनी रहेका छन् ।