गुर्भाकोट, माघ ४ – गुर्भाकोट नगरपालिकाको १२ औँ नगरसभा आज सम्पन्न भएको छ । गुर्भाकोट नगरपालिकाको केन्द्र वडा नम्बर १२ सुभाघाट तोक्ने निर्णय सर्बसम्मत पारित सहित १२ औँ नगर सभा सम्पन्न भएको हो ।

नगरसभाबाट नगरका तीन वटा विधेयक पास गरिएको नगर प्रमुख हस्त पुनले बताउनुभयो । नगरसभाले नँया ऐन, नियमावली पास गरेको हो । नगरसभामा नगर कार्यपालिकाका सदस्य नगर प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, कर्मचारीको सहभागीता रहेको थियो ।